‘फिसिङ’ को मनोरञ्जन सहितको इलामको जमुनामा ढापोखरी महोत्सव शुरु

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढाप पोखरीमा ‘फिसिङ’ सहितका पाँचौ ढापपोखरी पर्यटन महोत्सव’ सुरु भएको छ । पर्यटन प्रर्वधन गर्ने उदेश्यले ३ दिनसम्म चल्ने महोत्सवमा बोटिङ, फिसिङ, घोडचढी तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । महोत्सवमा प्रमुख आकर्षण फिसिङ रहेको छ । पोखरीमा करिब साढे ७ हजारको संख्यामा ग्रासकार र कमनकार जातका माछाहरु पालिएका छन । जस्लाई निश्चित शुल्क तिरेपछि फिसिङ गरेर मनोरञ्ज लिन सक्ने आयोजकले व्यवस्था गरेको छ । ती माछा २ वर्ष अघि तत्कालिन जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको थियो । त्यस्तै डुङ्गा सवार महोत्सवको अर्को आकषर््ाण हो । चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा विस्तार भएको पोखरीमा २०७४ कात्तिक देखि २ वटा डुङ्गा समेत सञ्चालनमा ल्याइएको थियो ।
महोत्सवमा विभिन्न जातजातिको परम्परागत संस्कृतिको प्रर्दशनी, जातिय खाना र भेषभूषाको प्रर्दशनी, ऐतिहासिक र पुरातात्विक सामाग्री प्रर्दशनी गरिएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक प्रस्तुती रहको महोत्सवमा लोपोन्मुख रेडपाण्डा पाइने स्थान चोयाटार र हाँगेथामको अवलोकन समेत गराइने ढापपोखरी संरक्षण समितीका अध्यक्ष विप्लव भट्टराईले बताए ।
पर्यटकका लागि होमस्टेको व्यवस्था गरिएको छ । पोखरी आसपासका २ दर्जन घरमा खान र बस्ने व्यवस्था गरिएको महोत्सव मूल आयोजक समतिकिा संयोजक जीतबहादुर साँवाले जानकारी दिए । महोत्सवमा ५० हजार बढि आन्तरिक र बाह्य पर्यटक भित्रिने आयोजकहरुको अनुमान छ । ढापपोखरी जिल्लाकै सबैभन्दा ठूलो मानव र्नििमत पोखरी हो । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई २ सय १५ मिटर र चौडाई १ सय मिटर छ । सामान्य सीमसार रहेका क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरी निर्माण भएको हो ।
२०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर निर्माण थालेको ढापपोखरीले एक वर्षपछि पोखरीको आकार लिएको थियो । पहिलो दिन नै करिब एक हजार पाँच सय जनाले पोखरी निर्माणका लागि श्रमदान गरेका थिए । चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा पोखरीको संरक्षण र विस्तार थालिएसँगै वर्षेनी महोत्सवको आयोजना हुन थालेको हो ।
सदरमुकाम इलाम बजारबाट करिब २२ किलोमिटर उत्तरमा रहको जमुनामा ढापपोखरीसहित हाँगेथाम, चोयाटार, जौवारी लगायत जैविक, र्धािमक र पर्यटकीय महत्वका स्थल छन । यो महोत्सवले यी सवै पर्यटकीय क्षेत्रको प्रचार र प्रर्वधनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ । स्थानीय प्रयासयमा पोखरीको संरक्षण र विस्तार भएपछि त्यस क्षेत्रमा वर्सेनि पर्यटकको आउजाउ समेत बढेको छ । जिल्लाकै नौलो गन्तव्यको रुपमा विकास हुँदै गएको सो पोखरीको विस्तारसँगै पोखरीदेखि तलका वस्तीमा पानीका मूहान फुटेका छन । जसका कारण पानीको हाहाकारमा रहेका त्यहाँका स्थानीयले नियमित पिउने पानीको सूविधा समेत पाएका छन ।
लोकल सन्देशबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता