फाकफोकथुम सरोकार समाजको शुभकामना आदानप्रदान तथा पात्रो विमोचन

इलाम : फाकफोकथुम सरोकार समाज इलामद्वारा प्रकाशित वार्षिक भित्तेपात्रो २०७६ सार्वजनिक भएको छ । शुक्रबार इलममा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्रो विमोचन कार्यक्रममा प्रदेश १ का सांसद धिरेन्द्र शर्माले सार्वजनिक गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले फाकफोकसहित आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहोरात्र खटिरहेको बताउँदै विकासका काममा दलीयकरण नगरी एकजुट हुन आग्रह गरे । उनले विकासका लागि प्रदेश सरकारमा पर्याप्त पहल भइरहेको जनाउँदै कार्यान्वयनका लागि एक हुन आग्रह गरे । यो वा त्यो भनेर मतभेद नगरी एक भएर अघि बढे प्रदेशबाट पर्याप्त योजना आउने आश्वासन समेत दिए ।

फाकफोकथुम सरोकार समाजका अध्यक्ष सुधिरकुमार बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका  प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवीचरण फुएल, फाकफोकथुम सरोकार समाजका सल्लाहकार यामप्रसाद लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फाकफोकथुम सरोकार समाजकी उपाध्यक्ष डालाकुमारी विष्टले स्वागत गरेको कार्यक्रमको संचालन सचिव प्रकाश परियारले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता