मेयरको चुनाव गर्न धरानका वडाध्यक्षको माग

धरानः धरान उपमहानगरपालिकामा मेयर नभएका कारण काम गर्ने सहज अवस्था नभएको भन्दै वडाध्यक्षले धरानमा चाडो उपनिर्वाचन गर्न माग गरेका छन् ।
मेयर नहुँदा उपमहानगरपालिका नेतृत्वविहीनजस्तै भएको भन्दै वडाध्यक्षहरूले सरकारसँग धरानमा चाँडो उपनिर्वाचन गर्न माग गरेका हुन् । शुक्रबार १३ नम्बर वडाले आयोजना गरेको एक कार्यक्रममा वडाध्यक्ष नेत्र काफ्लेले कार्यवाहक मेयरसँग काम गर्न सक्ने अवस्था नभएको भन्दै चाँडो उपनिर्वाचन गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
धरान–१२ का वडाध्यक्ष टङ्क राईले पनि मेयरको निर्वाचन छिटो गर्न माग गरे । ‘परिपक्व नेतृत्व नहुँदा नगरको बेइज्जत भइसक्यो,’ उनले भने, ‘तत्काल उपनिर्वाचन गर्न प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय गर्नुपर्छ 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता