वर्ष २०७५ः शान्ति सुरक्षाको क्षेत्रमा विर्सनलायक बर्ष, अधिकांश घटना रहस्यकै गर्भमा

काठमाडौं, २९ चैत । सरकारले मुलुकको शान्ति सुरक्षा सफल भएको उद्घोष गरेपनि २०७५ साललाई फर्केर हेर्दा अपराधको क्षेत्र कहालीलाग्दो बन्न पुग्यो । २०७५ मा अपराधकर्मले पनि नेपाली समाजलाई तरंगित गरिरह्यो । देशका विभिन्न भागमा ठूला र आततायी अपराधका घटनाहरू भइरहे जसले नयाँ वर्षमा समेत चर्चा पाउने देखिन्छ ।
राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए । अपराधका सुल्झिएका र सुल्झिन अझैँ कति समय लाग्ला भन्ने यकिन नभइसकेका घटना भए । २०७५ मा नेपालमा सबैभन्दा ठूलो अपराधको घटना कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या रह्यो । यसले २०७६ मा पनि चर्चा पाउने निश्चित छ ।

२०७५ सालमा भएका चर्चित हत्या

– जेठ ८ गते ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ पक्राउ
– असार १० गते रुपन्देहीमा समीक्षा ठाकुरलाई जिउँदै जलाएर हत्या
– साउन १० गते कञ्चनपुर उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या
– साउन २० गते काँडाघारीबाट ८ वर्षीय बालक निशानको अपहरणपछि हत्या/अपहरणकारी मारिए
– भदौ ४ गते सुनसरीको भुटाहमा मुस्लिम अगुवा खुर्सिद आलमको हत्या
– भदौ ५ गते फ्रान्सका लागि पूर्व राजदुत केशव झाको निजी निवासमा हत्या
– भदौ १७ गते स्वयम्भुको जंगलमा २२ वर्षीय संगिन जिसीको अस्थिपञ्जर फेला
– भदौ २६ गते रौतहटमा सम्झना दास र सुस्मिता दासमाथि एसिड आक्रमण/सम्झनाको मृत्यु
– असोज ७ गते नवलपरासीमा २७ वर्षाीया वसन्ती परियारमाथि एसिड आक्रमण
– मंसिर ७ गते कपिलवस्तुबाट प्रदेशसभाका स्वतन्त्र उम्मेद्वार दीपेन्द्रकुमार चौधरीको हत्या
– मंसिर २१ गते काठमाडौंको रातोपुलबाट डकैतीमा संलग्न राजन लिम्बुको इन्काउन्टर
– फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयमा बम विस्फोट-एक जनाको मृत्यु
यस वर्ष शिलशिलाबद्ध भएका अपराधका घटनालाई नियाल्दा वर्षको अन्त्यसम्म आइपुग्दा शान्ति सुरक्षामाथि प्रश्न उठ्न पुग्यो नै । अधिकांश आपराधिक घटना अझैपनि रहस्यको गर्भमै छन् ।
प्रहरीले अनुसन्धान गरिरिहेको भएपनि त्यसको निचोडमा पुग्न नसक्दा २०७५ सालमा भएका चर्चित घटनाले २०७६ सालमा पनि चर्चा पाउने देखिन्छ ।
न्युज २४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता