धरानमा ट्रयाक्टरमा ठोक्किएको कार अर्काे बसमा ठोक्किदा ३ को मृत्यु

धरान । शुक्रबार राति साढे ११ बजे धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा कार दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरको ट्रलीमा बा २० च ४०७६ नम्वरको कार ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार इटहरी उपमहानगरपालिका–५ का अनिल श्रेष्ठ र अन्य दुई जनक बुढाथोकी र मदन लिम्बुको ठेगना नखुलेको प्रहरीले जानकारी दिएको छ । कारका चालक गोविन्द बस्नेत भने गम्भीर घाइते भएका छन्।
ट्रयाक्टरमा ठोक्किएको कार उछिट्टिएर अर्को को १ ख ४७६१ नम्बरको बसमा ठोक्एिको कारमा रहेका एकको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर बस्नेतको उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता