पूर्व राजा ज्ञानेन्द्रलाई इलाममा स्वागतमा जनसागर उर्लियो (भिडियो सहित)

इलाम, २१ चैतः  पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो धार्मिक भ्रमणको क्रममा इलामको माईस्थान मन्दिरमा आज पुजा गरेका छन् । पुजा गर्न इलाम आएको अवसर पारेर इलाममा उनको भव्य स्वागत गरिएको छ ।  इलामको नविनचोदेखि माइस्थान मन्दिर सम्मको  पदयात्रामा निस्केका ज्ञानेन्द्रलाई इलामबासीले स्वागत गरेका थिए । उनीहरुले माला र पुष्प गुच्चा दिएर स्वागत गरेका थिए ।
हेर्नुहाेस  भिडियाेः

पूर्वराजाको पदयत्राको क्रममा गाउँगाउँबाट आएका जानताले पूवराज  शाहको पक्षमा चर्का नारा पनि लगाएका थिए  बालबालिकादेखि वृद्धवृद्धाहरु समेत राजतन्त्रको पक्षमा नाराबाजीमा देखिएका थिए ।
पूर्वराजा शाह पूर्बी नेपालको धार्मिक भ्रमणको क्रममा १७ गते इलाम आएका हुन उनी १८ गते पाँचथर गएर १८ गते इलामम आएका थिए र आज २१गते माईस्थान मन्दिरमा पुजा गरेर बेलुका झापा वुधबारेको एक कार्यक्रमा सहभागी भई दमक गएर वस्ने कार्यक्रम रहेको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता