ढाका बुनाईबाट आयआर्जन गर्दै फिक्कल मनापुका महिला

सिन्धुली, २१ चैतः ढाका कपडाको उत्पादन र बिक्री वितरणबाट राम्रो आम्दानी हुन थालेपछि सिन्धुलीको ग्रामीण क्षेत्रका महिलाहरु ढाका व्यवसाय प्रति आकर्षित हुन थालेका छन् । गाउँघरमा मेलापात र घरको काममा मात्र सिमित हुने गरेका महिलाहरुका लागि ढाका कपडा उत्पादन आकर्षक आम्दानीको श्रोत भएकोले ढाका कपडा बुन्ने ब्यबसाय प्रति निकै आकर्षित भएका छन् ।
राम्रो आर्थिक आम्दानी हुनुका साथै घरैमा बसेर पनि काम गर्न सकिने भएकाले यस व्यवसाय प्रति महिलाहरुको आकर्षण बढेको छ । ढाका कपडाको बजारमा माग प्रसस्तै आउन थाल्नुका साथै राम्रो आर्थिक आम्दानी हुन थालेपछि सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३ मनापुका महिलाहरु यस पेशातर्फ आकर्षित हुन थालेका छन् ।
हालै मात्र जिल्ला घरेलु तथा साना उद्योग बिकास समिति सिन्धुली र फिक्कल गाउँपलिका ३ नं। वडा कार्यालयको सहयोगमा सञ्चालन भएको ढाका वुनाई तालिममा स्थानीय ११ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिमबाट आफुहरुले ढाकाको रुमाल, टोपी, पछ्यौरी, गलबन्दी तथा कुर्थासुरुवाल लगायतका कपडा उत्पादन गरी बिक्रि गर्ने गरेको ढाका बुनाइ तालिममा सहभागी भएकी मनमायाँ रजन मगरले वताउनुभयो । उहाँले भन्नुभयो,‘तालिम लिनु मात्र नभई राम्रो आम्दानी हुन थालेपछि यस पेशाबाट आफुले पनि राम्रै आय आर्जन गर्न थालेको र भविष्यमा यहि व्यवसाय गर्न योजनामा छु ।
ढाका बुनाई तालिममा धेरै कुराहरु सिकेको र आफुहरुले उत्पादन गरेको ढाकाको सामानवाट राम्रै आम्दानी हुने गरेकोले छोरा छोरीको पढाइ खर्च र घरको आर्थिक अवस्थामा सुधानर भएको तालिममा सहभागी मिना गौतमले वताउनुभयो ।
नेपाली बजारमा बिभिन्न डिजाईनका विदेशी सामानहरुले बजार लिईरहेको अवस्थामा यसरी गाउँघरमै उत्पादन हुने ढाका कपडाको उत्पादन र विक्रीबाट उत्पादकहरुको रोजीराटी राम्रोसंग चल्ने र स्थानीय स्तरमै उत्पादित ढाका कपडाले नेपाली मौलिक सँस्कृति समेत झल्किन्छ, फिक्कल गाउँपालिका ३ का वडा अध्यक्ष टेक वहादुर मगर भन्नुभयो । न्युज२४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता