सुजुकीको “वागन आर” पूर्वको बजारमा

झापा, 10  वैशाखः सुजुकी कम्पनिको चर्चित फोर ह्वीलर ‘वागन आर’ तेस्रो पुस्ताको कार झापामा बिक्री वितरण सुरु गरेको छ । नयाँ ठुलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित पार्ने दाबी कम्पनिको छ । 
पाचौँ पुस्ताको हर्टेक प्लाटफर्ममा निर्माण भएको नयाँ वागन आरले प्रभावकारी सुरक्षा प्रदान गर्ने, ४० प्रतिशत उच्च गुणस्तरको स्टिल प्रयोग गरेर निर्माण गरिएका कारण बलियो भएको कम्पनीले जनाएको छ । सुधारिएको स्पेस, कम्फर्ट, नयाँ डिजाइनको इन्फोटेन्मेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धनको बचत गर्नुका साथै गाडी चलाउँदा चालकलाई आराम अनुभव हुने कम्पनिले जनाएको छ ।
अन्य कार भन्दा सुरक्षित, कम आवाज आउने, भाइब्रेसन र कच्ची बाटोमा समेत सहजै चलाउन सकिने कम्पनिका सञ्चालक किरण कपुरीले बताए । ठुलो नयाँ वागन आरमा १ दशमलब २ एलको इन्जिन रहेको तथा यस कारमा २२ किलोमिटर प्रतिलिटर माइलेज क्षमता भएको बताइएको छ । 
यस मोडलको निर्माणका लागि कम्पनिले ६७० करोड रुपैयाँ खर्च गरेको जनाएको छ । सिजि मोटोकर्पले बजारमा ल्याएको यस उत्पादनमा आकर्षक, बस्नका लागि धेरै ठाँउ, स्मार्ट प्ले स्टुडियो, प्लाटफर्म जस्ता आधसनिक बिशेषता रहेको कम्पनिको भनाई रहेको छ । कम्पनिले नयाँ कारको २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म मुल्य तोकेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता