आजको मौसम : चट्याङ, वर्षा एवं हावाहुरीको सम्भावना, सचेत भएर बस्न आग्रह

काठमाडौं । आज देशभरको मौसममा फेरबदल हुने रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले आंशिकदेखि सामान्य बदली हुनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षा एवं तराईमा चट्याङ परिरहेको र असिनापानी पनि पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा तापक्रम घटबढका बेला विकसित हुने गर्छ । जसका कारण तराईतिर पानी, चट्याङ एवं हावाहुरी तथा पूर्व-पश्चिमका पहाडी जिल्लातिर उच्च पानी पर्ने सम्भावना रहेको छ ।
उपत्यकाको मौसम पनि दिनभरि नै बदली रहने जनाइएको छ भने पानी पर्ने सम्भावना पनि छ ।
भारतकाे बिहार र छत्तिसगढको मौसममा बनेको न्यूनचापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसममा बदलाव अाएकाे हाे । यसका लागि सचेत भएर बस्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
न्युज २४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता