रोङमा काँक्रा किसानलाई प्रबिधिक सहयोग गरिने


  • गोबिन्द पौडेल 

रोङ २१ चैत्रः ब्यवसायिक रुपमा काक्रा खेती गर्ने गरेका रोङ ६ जिर्मलेका किसानलाई यस बर्ष भने प्राबिधिक सहयोग गरिने भएको छ ।
बिगतका बर्षमा अत्याधिक काक्रा उत्पादन गरेर आम्दामी र चर्चा कमाएका रोङ छ रम्भ्याङ्गका किसानहरु यस बर्ष पनि  तैयारी गर्न थालेका  भए पनि हालसम्म कनै निकायबाट सहयोग नपाएका  समाचार माइपोखरी न्युज तथाअन्य संचार माध्याममा लगातार प्रसारित भएपछि यस बर्षभने रोङ गाउपालिकाले प्रबिधिक सहयोग गर्ने भएको हो ।
रोङ गाउपालिकाको सहयोगमा काँक्रा उतपादनको पकेट क्षेत्र मानिएको रम्भ्याङ्गमा कृषक पाठशालानै संचालन गरिने भएको छ । लगातार सोह् हप्तासम्म बिभिन्न बिज्ञहरुबाट सैद्धान्तिक ज्ञान र स्थलगत रुपमा नै बारीमा लगातारको निगरानी, मलजल र् उचार सहितको प्रयोगात्मक कक्षा संचालन गरि किसानहरुलाइ दक्ष बनाइने भएको छ ।  किसानले बेर्ना राखे देखी उतपादन लिने अबधि सोह् हप्तासम्म हप्ताको एकदिन बिज्ञबाट स्रद्धान्तिक र ब्यबहारिक ज्ञान दिने र भबिष्यमा यस खेतीको बारेमा ज्ञान सिपर समस्याआएमा अगेनिक बिसादि निमार्ण गरि उपचारको लागि समेत सहयोगी बन्ने गाउपालिकाले अपेक्षा गरेको अध्यक्ष समसेर राईले बताए ।
 यता बिरुवा तैयार गरि रोपेको बिरुवामा  पातमा छिक्रा बस्ने र कक्रिने रोग देखा परेपछि वडा नं ६ का कृषि प्राबिधिक मोहन अधिकारीले स्थलगत निरीक्षण गरे्का छन् । निरिक्षण गर्दा सो रोग पात जात्ने किरा लिफ माइनर रहेको र यसकोलागि रोगी पात नस्ट गर्ने र बायो एम पावर १ लिटर पानीमा एक एम एल राखेर स्प्रे गरे राम्रो हुन अधिकारीले बताए । बिगतमा सो रोगको कारणगत बर्ष बोट कक्रिएर उत्पादन ह्वात्तै द्दटेको किसान सेर बहादुर रीजालले बताए ।
यता किसानहरुले  उत्पादन गरेको काँक्रामा फुट फ्लाइको समस्या पनि रहेको र उपभोक्ताको मागअनुसार स्वस्थ्य र निरोगी काक्रा उत्पादन गराउन प्रयोग गरिने फेरामेन्ट वडा कार्यलयले निशुल्क उपलब्ध गराउने भएको छ । झिगाको आक्रमण नियन्त्रण गरि सिधा र स्वस्थ्य काक्रा एत्पानन गर्न झिागा नियन्त्रणको लागि बिषदीको सट्टामा फेरामेन्ट  प्रभावकारी  देखिएपछि किसानको बालीको क्षेत्रफल र प्रगति हेरेर आवश्यक्ता अनुसार फेरामेन्ट उपलब्ध गराइने वडा सदस्य केशर प्रधानले बताए 
दशबर्ष अघिदेखी ब्यवासहिक रुपमा उत्पादन गर्न थालिएको स्थानिय जातको कालो काक्रो  हरेक बर्ष एक किसानले लाखौ रुपैया भित्राउन सफल रहेको छन् । 
 यता गाउपालिकाले जिम्बेवार बन्दै किसानको समस्या संबोधन गर्न तयार देखिएकोले आफुहरु उत्साहित बनेको र किसानहरुमा थप प्रेरणा र हौसला बढेको रोङ ६ का नारायण प्रधानले बताए ।
 रोङ ६ को रम्भ्यामा उत्याधिक मात्रामा उत्पादन हुने गरेको काक्राँ झापाको बाहुण्डागी ,काकडभिट्टा ,चारआली र भारतको नक्सालबाडी सम्म लगेर बेचिने गरेको छन् । गर्मीको समयमा तराइका बजारहरुमा  अत्याधिक माग हुन गरेको  र बजारको समस्या नहुनाले किसानहरुमा यस खेतीको आर्कषण रहेको हो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता