पथरी झडपका दुइ घाइते विराटनगर लगियो, घाइतेको संख्या पाँच पुग्यो

पथरीः पथरीमा झडप हुँदा घाइते भएका दुइ जनालाइ विराटनगरमा थप उपचार गर्न लगिएको छ । विराटनगर लगिएका घाइतेहरू गोपाल विक र सुदीप राइ रहेका छन् । उनिहरूको टाउकोमा चोट पुगेका कारण पथरीमा उपचार हुन नसके पछि विराटनगर लगिएको छ ।
नगर प्रमुख दीलिपकुमार राइका अनुसार आजको झडपमा पाँच जना घाइते भएका छन् । पथरी अस्पतालमा उपचार हुनेमा मन्जु पौडेल, जीत बहादुर लावती र ज्ञानेन्द्र विष्ट रहेका छन् । उनिहरूको अवस्था सामान्य बन्दै छ ।
रीना हत्या प्रकरणमा सत्य तथ्य पत्ता लगाउन ढिलो गरेको भन्दै दबाबको लागि नगरपालिका घेराउ गर्न गएका आन्दोलनकारीलाई प्रहरीले नगरपालिकाभित्र जान नदिएपछि आन्दोलनकारीले नगरपालिकाको गेट तोडेका छन् । अहिले नगरपालिकाको परिसरमा आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।

नगरपालिकाको सुरक्षाको लागि सुरक्षाकर्मीसहित आएका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख रामप्रसाद तिम्सिनाले नगरपालिकाभित्र सङ्घर्ष समितिसँग सम्बन्धित व्यक्ति प्रवेश गर्नु अराजकता हो भनेपछि प्रदर्शनकारी थप आक्रोशित भई नगरपालिकाको गेट तोडफोड गरेको एक प्रदर्शनकारीले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता