पाँचथरमा पनि होमस्टेमा पर्यटकको मोह, तालिम पाए पछि दंग छन् स्थानीय

इलाम, १३ बैशाखः ‘एक साता पछि मेरो  घरमा बस्न इटालियन पाँहुनाहरु आउदैछन् पन्द्र दिनको लागि बुक गरेका छन, सरसफाई लगायत धेरै कुराहरुमा ध्यान पु¥याउनु पर्ने रहेछ ।’  यो भनाई हो फिदिम नगरपालिका ८ पौवा भन्ज्याङ्गका नरविर नेम्बाङ्गको यस्तै कुरा गर्छिन  फिदिम नगरपालिका ३ निवाशी धन कुमारी तामाङ्ग उनको घरमा पनि पाहुनाहरु आउँछन तर उनीहरुप्रति गरिने स्वागत सत्कारका कुराहरुमा धेरै अनभिज्ञ रहेछौ  यस तालिम पश्चात व्यबहारमा सुधार ल्याउर्छौ । यस्तै सुखद अनुभव सुनाउँदै गरेको भिटीएका थिए पाँचथरको पैवा भञ्ज्याङमा  मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले बैशाख ९ गते देखि ११ गते सम्म सञ्चालन गरेको  गरेको चार दिने घरबास (होसस्टे) तालिम समापन समारोहमा भेटिएका सहभागिहरुको हो । 
पाँचथरको पौवाभन्ज्याङ, सुकेपोखरी, साधुटार, लालिखर्क आसपासका क्षेत्रलाई समेटेर कार्यालयले उक्त तालिमको आयोजना गरेको थियो । तालिममा पर्यटन के हो ? घरबास संचालन तथा व्यवस्थापन, स्थानीय खाध्य पेय, संस्कृति, बजारीकरण, रिसेपसन, हाउस किपिङ्ग, प्राथमिक उपचार, पर्यटनमा लागु औषधीको प्रभाव, आचार संहिता, पर्यटकसँग अंग्रेजी भाषा, फुलबारी व्यवस्थापन, फुल सजावट लगायतका विषय वस्तुबारे सहभागिहरुलाइ जानकारी गराईएको थियो ।
तालिमलाई मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक निर्देशक केशव कुमार धौराली र योजना अधिकृत संजिप पौड्याल साथै बागबानी विभाग इलाममा अध्ययनरत विधार्थी विनिशा श्रेष्ठ र रश्मी अर्यालले सहजीकरण गरेका थिए । पाँचथर जिल्लाको सिलौटी, पौवा, लब्रेकुटी, साधुटार क्षेत्रका स्थानिय बासिहरुलाई यस किसिम्मका तालिमले होमस्टे संचालन गर्न हौसला मिलेको छ । आगामी दिनहरुमा नगरपालिकाको तर्फबाट  होमस्टे संचालन तथा व्यवस्थापनको लागि आवश्यक पहल कदमी गरिने उक्त समापन कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिका वडा नं. ८ का वडाअध्क्ष शेर बहादुर नेम्बाङ्गले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता