घरमा फोहोर गरेको निहुँमा बुबाद्वारा बाेल्न नसक्ने छोराको हत्या



दोलखा । आफ्नै छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । दोलखाको सैलुङ गाउँपालिका-४ मा अन्दाजी २२ वर्षीय छोरा बेद बहादुर रेग्मीको हत्याको आरोपमा आफ्नै बाबु अन्दाजी ४४ वर्षीय चुडा बहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत सोमबार देखि घर गाउँमा नदेखिएको र परिवारले समेत सम्बन्धमा कहीँ कतै जानकारी नगराएकोले ,घटनामा संलग्न हुन सक्ने भनि मृतकको बाबु चुडालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक जन्मजातै बोल्न नसक्ने भएको र जहीँ तहीँ फोहोर दिसा, पिसाव गरी हिड्ने र सोही दिन पनि घरमा फोहोर गरेको निहुँमा आवेशमा आई बुबाले घरमै रहेको हथौंडा ह्यामरले टाउकोमा प्रहार गर्दा तत्कालै मृत्यू भएको खुलेको छ ।
छोरा बेद बहादुरको मृत्यूपश्चात कम्बलमा पोको पारी खहेर खोलामा फाली कसैलाई नभनी बुबा गुपचुप बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ज्यान सम्बन्धी कसुरमा मृतकको बुबालाई मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी दोलखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता