वीर अस्पतालमा चरम भ्रष्टाचार, टेन्डर पार्न एक पैसामा अण्डा अनि एक रुपैयामा १ किलो चिनी !

काठमाडौं । वीर अस्पतालमा भर्ना भएको बिरामीका लागि रासन उपलब्ध गराउन छानिएको न्यु–सुयोग इन्टरप्राइजेजले खाद्यन्नको दर भाउ आश्चार्य लाग्दो देखाएको छ । वीर अस्पतालमा नयाँ आर्थिक बर्षका लागि आवश्यक रासन उपलब्ध गराउन भएको टेन्डरबाट स्पष्टरुपमा खाद्यन खरीद विक्री गर्ने उदेश्य नै नदेखिएको न्यु–सुयोग इन्टरप्राइजेज स्विकृत भएको थियो ।


तर, सु–योगले पेश दर भाउमा भने कुखुराको अण्डा प्रति गोट १ पैसामा उपलब्ध गराउने उल्लेख गरेको छ । यस्तै चना प्रति केजी १ रुपैयाँ, जिरा प्रति केजी १ रुपैयाँ, बेसार प्रति केजी १ रुपैयाँ, लसुन अदुवा प्रति केजी १ रुपैयाँ, नेविको विस्कुट प्रति पुरिया १ रुपैयाँ, सुगर फ्रि बिस्कुट प्रति पुरीया १ रुपैयाँ, शुद्ध तोरीको तेल आधा वा एक लिटर १ रुपैयाँ, गहँुको आटा ५ केजी १ रुपैयाँ, चिनी प्रति केजी १ रुपैयाँमा उपलब्ध गराउने भन्दै पेश गरेको छ ।

जब कि कुखुराको अण्डा अहिले बजारमा किन्दा प्रति गोटा १४ रुपैयाँ पर्छ, चिनी प्रति केजी ८० रुपैयाँ, लसुन प्रति केजी ३ सय, विस्कुट १० रुपैयाँ, तोरीको तेल प्रति लिटर १ सय ४० रुपैयाँ हाराहारीमा पर्छ । कल्पना पनि गर्न नसकिने मूल्यमा सामान सप्लाई गर्ने न्यु–सुयोगका सञ्चालक शिवराम लम्साल हुन् ।

अहिलेको बजार मूल्य र वीर अस्पतालको लागि उपलब्ध गराउन लागेको मूल्यमा ठूला भिन्नता छ । यसबाट बिरामीले कस्तो गुणस्तरको आद्यन पाउँछन् भन्ने प्रश्न उठेको छ । तर वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले मूल्य हेर्दा आश्चार्य लाग्दो भएपनि फर्मले उपलब्ध गराउने बताउँछन् ।

यति मात्रै होइन वीर अस्पतालका लागि आवश्यक अन्य सामग्रीहरुका लागि भएको बोलपत्रमा समेत फर्महरुले हालेको मूल्य एकदमै न्युन देखिएको छ । बिरामीका लागि सलाई चढाउँदा आवश्यक आइभी स्याण्ड प्रति स्ट्याण्ड १ पैसा, ह्विलचियर प्रति गोटा १ पैसा, भ्यु बक्स प्रति गोटा १ पैसा, ट्रली प्रति गोटा १ पैसा, अक्सिजन बोक्ने ट्रली प्रति गोटा १ पैसा, विपी सेट प्रति गोटा १ पैसा, स्पट मेशिन प्रति गोटा १ पैसा उल्लेख गरिएको छ ।

यसरी न्युन मुल्य देखाएर टेन्डर पार्ने र पछि एक महिनामा नै सामान सर्टेज भयो भन्दै भाग्ने प्रवृत्ति यस अघि देखिदै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता