
इलाम १२ बैशाखः रेडहर्ष फुटबल क्लब इलाम देउमाई नगरपालिकाको मंगलबारेमा जारी चौथो नेपाल आईस देउमाई गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा काठमाण्डौको फ्रेन्स क्लबलाई एकका विरुद्ध दुई गोल गर्दै फाईनलमा प्रवेश गरेको हो ।
शनिबार हुने फाईनल खेलमा रेडहर्ष फुटबल क्लब इलाम र रेडस्टार फुटबल क्लब झपाको भेट पक्का भएको छ।
प्रतियोगितामा भारतका एक सहित नेपालका आठ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी बैशाख १४ गते हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २सय वाईस रुपयाँ र उपविजेताले १ लाख ११ हजार एकसय एघार रुपयाँ पाउने छन् ।