इसाई समाजले प्रहरी चौकी फिक्कललाई ३२ ईन्चको एलइडी टि.भि. हस्तान्तरण

नगर इसाई समाज, सूर्योदय नगरपालिकाको आयोजनामा आज मिति २०७६ बैशाख १२ गते सूर्योदय नगरपालिकाको सभाकक्षमा येशु ख्रिस्टको पुनरुत्थान उत्सव तथा नव वर्ष २०७६ को शुभकामना आदनप्रदान कार्यक्रम समाजका अध्यक्ष  राजेन्द्र सिवाको अध्यक्षता, नगर उप–प्रमुख दुर्गादेवी भट्टराईको प्रमुख आतिथ्यता, १० नं. वार्डअध्यक्ष  पेमा उगेन लामाको विशेष आतिथ्यता तथा वार्ड नं. १२ का वार्ड अध्यक्ष डेलेन्द्र भारद्वाज, कार्यपालिका सदस्य सावित्रा सिवा, १० नं. वार्डसदस्य कलिका राई, सूर्योदय होटल व्यवसायी संघका सचिव श्री युवराज प्रधान, ट्राफिक इन्चार्ज प्रसनि  दुर्गा बस्नेतज्युको आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा फादर तथा नगर इसाई समाज, सूर्योदय नगरपालिकाको विशेष सल्लाहकार दीप नरसिंह राईले संस्थाको तथा कार्यक्रमको औचित्यबारे प्रकास पार्नुभएको थियो । 
उक्त कार्यक्रममा अपराध न्युनीकरणका लागि सहयोग होस् भनी नगर इसाई समाजले प्रहरी चौकी फिक्कललाई ३२ ईन्चको एलइडी टि.भि. हस्तान्तरण गरियो । ट्राफिक इन्चार्ज प्रसनि दुर्गा बस्नेतले येशु ख्रिस्टको पुनरुत्थान उत्सव तथा नव वर्ष २०७६ को शुभकामना दिदै धन्यवाद दिनुभयो । विशेष आतिथि १० नं. वार्डअध्यक्ष  पेमा उगेन लामा तथा प्रमुख आतिथि दुर्गादेवी भट्टराईले नगर इसाई समाजको यस कार्यको प्रशंसा गर्दै अझ सामाजिक कार्य गर्नका लागि प्रोत्साहित गर्नका साथै शुभकामना दिनुभयो ।
 कार्यक्रमको समापन गर्दै नगर इसाई समाज, सूर्योदय नगरपालिकाको अध्यक्ष राजेन्द्र सिवाले यस प्रकारको मौकाको संयोजन गरिदिएकोमा सूर्योदय होटल व्यवसायी संघका सचिव युवराज प्रधानप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझ यस्ता सकारात्मक कार्य गर्न उर्जा मिलेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता