इलामको प्रकृति र जुनतारा मिलेर हिमाल बन्यो

इलाम १२, वैशाखः इलाम सदरमुकाममा संचालन भईरहेको २ वटा सहकारी संस्थाबीच एकिकरण भएको छ । हाम्रो जुनतारा बचत ऋण सहकारी संस्था र प्रकृति कृषि सहकारी संस्थाको एकिकरण भएर हिमाल बचत तथा ऋण सहकारी संस्था बनेको हो । बिहिबार सदरमुकाममा सम्पन्न एक कार्यक्रममा एकिकृत सहकारीको वासलत रकम करिब १४ करोड़ रुपैंया रहेको जानकारी गराईएको थियो । सम्भवत एकिकृत भएपछि इलामकै सबै भन्दा ठुलो सहकारी बनेको छ ‘हिमाल’ ।
दुई सहकारी एकिकृत पश्चात सम्पन्न साधारण संभाले नयाँ संचालक समिति समेत गठन गरेको छ । नयाँ समितिको अध्यक्षमा टेक बहादुर राई, उपाध्यक्षमा ढाकादेवी नेपाल, सचिवमा श्रीप्रसाद राई, कोषाध्यक्षमा मोहनप्रसाद गौतम र सदस्यहरुमा क्रमशस् युकमान राई, मेघबहादुर राई, निर्मला राई, नरमाया राई र डम्बर तामाङ चयन भएका छन भने लेखा समितिको संयोजकमा इन्द्रकुमार मुखिया तथा सदस्यहरुमा युमाकुमारी राई र केशव घिमिरे चयन भएका छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता