विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच घर जलेर नष्ट

रसुवा,  रसुवामा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । आगलागीपछि प्रहरीलाई स्थानीयले सूचना गरेको र प्रहरी उक्त स्थानमा नपुग्दै घरहरु जलेर नष्ट भएको थियो । विद्युत सर्ट भएर दावा फुर्पा नेकोर,लक्षिन लामा र मेन्दो पासाङसंगै पाँच जनाका घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना र नेपाल प्रहरीले आगलागीबाट त्यो भन्दा बढी नोक्सानी हुन नदिनको लागि लागिपरेको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता