सूर्योदयको शिक्षकहरुलाई अर्काे निर्देशन : कोही यता आउ, कोही उतै वस


  • गोबिन्द पौडेल 

सूर्योदय १३ बैशाखः स्थाई सेवा प्रवेश गरेर आएका शिक्षकहरुलाई हाजिर नगराउन निर्देशन दिएको सूर्याेदय    नगरपालिकाले कसैलाई हाजिर गराउन निर्देशन गरेको छ भने कसैलाई नगरपालिकामानै बोलाएको छ ।
यस अघि गत बैशाख २ गते शिक्षा विकास तथा समन्वय इकाईले  नगरपालिकासँग  समन्वय नगरी जथाभावी नियुक्ति गरेको शिक्षकहरुलाई तलव भत्ता खुवाउन कठिनहुने भन्दै हाजिर नगराउन निर्देशन गरेपछि त्यसको चौतफी आलोचना र विरोध भएपछि त्यसको १० दिनपछि बैशाख १२ गते अर्को संबन्धित विद्यालयमा अस्थाईमा कार्यरत रहि स्थाइ सेवा प्रवेश गरेका शिक्षकहरुलाई हाजिर गराई सो को जानकारी यहि १५ गतेभित्र नगरपालिकामा गराउन र अन्य विद्यालयमा रहेर स्थाई सेवामा प्रवेश गरि नगरका विद्यालयमा आएका शिक्षकहरुलाइ भने १५ गते सम्ममा नगर शिक्षा शाखामा आउन भनेको छ ।
नगरपालिकामा ३२ जना स्थाइ सेवाको नियुक्ति लिएर आएका शिक्षक भएपनि नगरपालिका र शिक्षा विकास समन्वय इकाइको कार्यधिको बिबादले नगरले यस्तो आक्रोस प्रकट गरेको थियो । सबै शिक्षकहरु अहिले पनि विद्यालयमानै हाजिर गरिरहेको भइपनि केहिलाइ नगरपालिकामा किन बोलाएको हो भन्ने जिज्ञासामा सामाजिक बिकास समितिका संयोजक सोनाम लामासग जिज्ञासा राख्दा नगरले नियुक्त्र गरेको दुइजना शिक्षकहरु अहिले बिस्तापित भएकोले अलि समस्या भएको नगरपालिकाको शिक्षा निति नियम बारेमा जानकारी सल्लाह को लागि पनि उहाहरुलाइ बोलाइएको बताए ।
 सेवामा प्रबेस गरेका शिक्षकहरु भन्दपनि नगरपालिकाको मापदण्ड पूरागरि सेवाबाट हटेका शिक्षकहरुको समस्या ठूलो भएकोले यसको बारेमा नगरपालिका चिन्तित रहेको उहाको भनाइ रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता