पोखरामा युवतीको सामूहिक बलात्कार, आरोपित चार पक्राउ

पोखरा । पोखरामा सोमबार राती एक युवती सामूहिक रुपमा बलात्कृत भएकी छन् । प्रहरीले युवतीको जाहेरीका आधारमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भिमादका २१ वर्षीय राजन गैह्रेसहित तनहुँकै सरोज रुेष्ठ, अनिल गौतम र राजु नेपाली रहेका छन् । 
चारैजना साथीहरु रहेको प्रहरीले जनाएको छ । यी मध्ये गैह्रे पोखरामा गाईडको काम गर्दैै आएका थिए । वैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहका अनुसार मादक पदार्थ सेवन गरेका युवाहरुले युवतीको बलात्कार गरेका हुन् । “सोधपुछका क्रममा युवतीले आफू बलात्कृत भएको बताइन्, उनकै उजुरीका आधारमा हामीले ४ जनालाई होटेलबाट पक्राउ गरी जिल्ला प्रहरीलाई बुझाएका हौं,” उनले भने ।
युवती धादिङ घर भई पोखरा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङका अनुसार पक्राउ परेका चारैजनाले अभियोग स्विकार गरेका छन् । उनीहरुमाथि मुद्दा दर्ता भईसकेको उनले बताए ।
“घटना गएराती २ देखि ३ बजेभित्रको हो, युवतीले बिहान उजुरी दिएपछि हामीले पक्राउ गरी अनुसन्धान थालेका हौँ,” उनले भने, “मुद्दा दर्ता भईसकेको छ र युवाहरुले पनि .अभियोग स्विकार गरेका छन् ।” युवतीको जाहेरी अनुसार नशाको तालमा ४ जनाले नै आलोपालो गरी बलात्कार गरेका हुन् । पक्राउ परेकाहरुलाई जबर्जस्ती करणी मुद्दा लाग्ने कास्की प्रहरी प्रमुख ओम रानाले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता