कारले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु


सुनसरी । मोरङमा कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्लाको सुन्दरहरैचा नगरपालिका ४ बुधबारे चोकमा पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको हो ।
बुधबार राति भएको दुर्घटनामा परी मृत्यु हुनेमा २२ वर्षीय हेम चौधरी रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका ८ घर भएका २२ वर्षीय प्रकाश चौधरी घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी दुवै घाइते भएका तर हेमको भने विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्य अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता