
इलाम, १० जेठः विराटनगरमा आज भइरहेको उपराष्ट्रपति चिल्ड्रेन गेमको प्रदेश छनौट प्रतियोगितामा भूमिका दाहालले लङजम्पमा प्रथम स्थान हासिल गर्दै स्वर्णपदक प्राप्त गरेकी छिन् । उनी काठमाण्डौमा यही १६ र १७ गते हुने राष्ट्रिय गेममा लङजम्पतर्पm प्रदेश १ को प्रतिनिधित्व गर्दै भाग लिन पाउने भएकी छिन् ।
इलाम नगरपालिका १ साँखेजुङको बीबी मोमोरियल स्कूलमा कक्षा ८ मा अध्ययनरत भूमिकाले स्वर्ण जितेपछि काठमाण्डौ जानका लागि विराटनगरमै बसेर उताउतै राष्ट्रिय प्रतियोगिता भाग लिने इलामका एथ्लेटिक्स प्रशिक्षक रोहित भट्टराईले जानकारी दिए । उनका अनुसार बीबी मेमोरियलबाट नै भाग लिएकी पवित्रा भुजेलले भने त्रिपलजम्पमा प्रदेशको दोस्रो स्थान हासिल गरेकी छिन् ।
इलाम साँखेजुङ रोशन दाहालकी छोरी भूमिका पढाईमा पनि निकै राम्रो रहेका विद्यालयका शिक्षक टेकेन्द्र बस्नेतले जानकारी गराए ।