विश्वकप क्रिकेटः इंग्ल्यान्डले राख्यो दक्षिण अफ्रिका सामु ३१२ रनको लक्ष्य

इलाम, १६ जेठः विश्वकप क्रिकेटका आज लण्डनको किनिङटोन ओभलमाभईरहेको पहिलो खेलमा टसहारेर पहिले व्याटीङ गर्दै इंग्ल्यान्डले दक्षिण अफ्रिका सामु ३१२ रनको लक्ष राखेकोछ । 
इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३१२ रन बनाएको हो । इंग्ल्यान्डका अलराउण्डर व्याट्समेन वेन स्टोकले सर्वाधिक ७९ बलमा ८९  रन बनाए भने ओपन जेसन रोयले ५५ रन, आईपीयलको योसिजनमा राम्रो फर्ममा भएका जोनी बैरस्टो शुन्य रनमा आउट भए । जो रुटले ५१ रन बनाउँदा कप्तान इन मोर्गनले ५७ रनको योगदान दिए । जोस बटलर १८ रन, मोइन अलीले ३ रन, क्रिस वोकस १३ रन, लियाम प्लुंकेटले ९ रन र जोफ्रा आर्चरले ७ रन बनाएका थिए । 
दक्षिण अफ्रिकाका वलर लुन्गी इगिडीले सर्वाधिक ३ विकेट निकाले भने इमरान ताहिर र कागिसो रवडाले समान २÷२ विकेट निकोलेका छन्  ।  एन्डिल फेहलुकवाओले १ विकेट निकाले छन् । 
यो विश्वकपमा पहिला खेलहरु लिगम्याच हुने र सवै टीमले सवै टीम सँग खेल्नु पने छ । प्वइन्ट डेवुलमा शिर्ष चार स्थानमा भएका टीमले सेमिफाईनल खेल खेल्ने छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता