धरानमा लुटेरा समुहद्वारा गोली हानी ४ लाख १० हजार लुटपाट

सुनसरी, १२ जेठः अपराधिक समुहले धरान उपमहानगरपालिका ५ को एक संस्थाका कर्मचारी माथि गोली हानेर ४ लाख दशहजार लुटपाट गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार आईतबार दिउँसो जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी लुटपाट गरेको हो ।
दिउँसोको समयमा संस्थाकै कार्यालयमा रहेका गच्छदारमाथि सो समुहले गोली हानेको थियो । गोली लागेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । उनको कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी परिचालन गरी गोली हान्ने समुहको खोजि कार्यभइरहेको संघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्रीले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता