भारतले एकतर्फी रुपमा कोशीको पानी छाड्दा डुबानमा पर्‍यो गोबरगाढा गाउँ

सप्तरी १२ जेठः  पूर्वसूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत कोशीको पानी छाड्दा सप्तरीको गोबरगाढा गाउँ डुबानमा परेको छ ।
भारतले एकतर्फी रुपमा कोशी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका– १३ स्थित गोबरगाढा डुबानमा परेको हो ।
भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा एक्कासी पानी छोड्दा गोबरगाढा गाउँका ९० परिवार सम्पर्कविहीन भएका छन् ।
बस्तीको पश्चिमतर्फबाट करिब १७ किलोमिटर लामो पाइलट च्यानल खनिएको थियो । उक्त च्यानलमा पानी छोड्दा स्थानीय स्तरमा पूर्व जानकारी गराउनु पर्नेमा भारतीय पक्षले कुनै जानकारी नै नगराई एक्कासि पानी छोडेपछि त्यस क्षेत्रका बासिन्दा डुवानमा परेका हुन् । उक्त पाइलट च्यानल भारतलर् तीन वर्षदेखि खन्दै आएको थियो ।
छाडिएको पानीका कारण केहि डुंगा बगाएको छ । वर्षाको समयमा गाउँ जान र बाहिर निस्किन प्रयोग गरिने डुँगा बगाएपछि यहाँ अर्को डुँगा पठाउने तयारी गरिएको बताइएको छ । बस्ती डुवानमा परे पनि स्थानीय सुरक्षित रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता