फिदिममा एक वर्कसपमा मध्यरातमा आगलागी, २२ लाखको क्षति

फिदिम : फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाखभन्दा बढीको क्षति भएको छ ।
विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो ।
राति साढे १२ बजेतिर लागेको आगो दमकल र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । मध्यरातमा लागेको आगोले वर्कसपमा भएको वेल्डिङ गर्ने ग्यास सिलिण्डर पड्किँदा फिदिमवासी त्रसित बनेका थिए ।
सिलिण्डर पड्किँदा ठुलै आवाज आएकाले सबैमा के को आवाज हो भनेर त्रास पैदा भएको थियो । आगलागीबाट कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता