सविनालाई पाथीभरा मिडिया ग्रुपको अभियान मार्फत सहयोग

इलाम, १२ जेठः भोजपुर जिल्ला साबिक देवान्टार आम्चोक गाउँपालिका –६ निवासी थी चन्चली सबिना कुँवर को बच्पनमा एउटा खुट्टा आगेमा परेर खुट्टा जलेको र घरको आर्थिक स्थिति कम्जोर भएको कारण समयमा उपचार हुन नसकेर खुट्टाको औला झरेको र अहिलेसम्म असर गरिरहेको हुदा। खुट्टाकै समस्याको कारण बिद्यालय जान पनी नसकेको अहिले धेरै कठिनरहेको र  खुट्टा बाङ्गिएको छ। डाक्टरको सल्लाह अनुसार  खुट्टाको तुरुन्तै सर्जरी गर्नु पर्ने भएको तर  आर्थिक अभावको कारण  पीडितले उपचार नपाएको बताउदै पीडित परिवारले हामीलाई सहयोग अपिल गरिदिन अनुरोध गर्नु भएको थियो।
२०७० सालमा स्थापना भई विभिन्न कार्यक्रम संघ सस्था खेलकुद र रेडियो सँग सह कार्य गर्दै दुःखी पिडित लाई सहयोग गर्दै आएको  सामाजिक कार्यमा एक कदम अगाडि गजल साहित्य प्रती समर्पित  मिडिया  पाथीभरा मिडिया ग्रुप प्रवाश नेपालद्वारा भोजपुर जिल्ला साबिक देवान्टार आम्चोक गाउँ पालिका –६ निवासि पिडित मनको साथी चन्चली सबिना कुँवरको खुट्टाको सर्जरी गर्न गत २०७५ फागुन २५ गतेबाट थालिएको सहयोग संकलन अभियान लाई २०७६ बैशाख २५ मा बन्द गरि पाथिभरा मिडिया ग्रुप प्रवास नेपालद्वारा संकलित सहयोग जम्मा प्राप्त रकम रु ७६,६०४ (छयतर हजार छ सय चार) रुपैयाँ मिति २०७६ जेठ ११ गते शनिबार पीडित मनको साथी चन्चली सबिना कुँवर र उहाँको आमा र  दिदीलाई  ईटहरीको कालाबन्जरा स्थित पीडितको दिदीको घरमा एक कार्यक्रम गरि अभियान का संयोजक  ग्रुपका सहसचिव कल्पना श्रेष्ठ र कोषाध्यक्ष सुबास राई समीपले हस्तान्तरण गर्नु भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता