प्रदेश एक सरकारले पदाधिकारीका लागि १० करोडमा १२ वटा गाडी खरिद गर्ने

विराटनगर, ६ जेष्ठ । एक नम्बर प्रदेश सभा सचिवालयले पदाधिकारीहरुका लागि करिब साढे १० करोडको लागतमा १२ वटा सुविधा सम्पन्न गाडी किन्ने भएको छ ।
प्रदेश सभामुखका लागि सुविधा सम्पन्न तथा प्रदेश सभा सचिव र विषयगत समितिका सभापतिहरुका लागि सवारी साधन किन्न लागिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रदेश सभा नियमावली अनुसार सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता पक्षको प्रमुख सचेतकलाई अनिवार्य सवारी साधन उपलब्ध गराउने व्यवस्था छ भने राज्यमन्त्री सरहका समिति सभापतिलाई पनि सवारी साधन दिन लागिएको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकले अहिले अन्य कार्यालयबाट ल्याइएको सवारी साधन चढ्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता