
चुलाचुली, १८ बैशाखः चुलाचुली गाँउपालीकाका प्रशासकीय अधिकृतले माफि मागेका छन् । एक साता पहिला गाउँ पालिका प्रशासकीय अधिकृत काजीमान राईले चिया, नास्ता पुर्याउन आउने किशोरीलाई अश्लील शब्द बोल्दै यौन दुरव्यवहार गरेको आरोपमा पिडितका पक्षमा स्थानीय सर्वसाधारणहरूले गाउँपालिकालाई दुरब्यबहार गर्ने आरोपितलाई कार्बाही गर्न माग गरेका थिए। दुई दिनबाट चुलाचुली गाउँपालिका तनावग्रस्त बन्यो ।
यहाँ हेर्नुहोस् भिडियोमा
बैशाख १६ र १७ गते यहि घटनाले गर्दा गाउँपालिको कामकाज ठप्प हुँदा सेवाग्राहीहरूले आफुहरूले समयमै सेवा नपाएको गुनासो गरेका थिए ।चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृतले गरेको अपराधिक कायलाई कार्बाही गर्नको सट्ठा गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले कर्मचारीलाई बचाउ गर्ने काम गरेका भन्दै स्थानीय बासी आक्रोस भएका थिए ।गाउँपालिकामा सर्वसाधारणहरूको आक्रोस र भिडलाई हटाउनकै लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट इन्सपेक्टर सहितको टोली पुगेका थिए ।
साँझसम्मको तनावलाई सामान्य पार्न शसस्त्र प्रहरीको टोलि समेतलाई खटाईएको थियो । मङ्गलबार साँझ ७ बजे सम्म सबै वटै वडाका जनप्रतिनिधिहरू जवाफदेहीबाट स्तब्ध रहेका थिए । पिडित परिवारले अधिकृतलाई कानुनी कारबाही नगरेमा पिडितले न्याय नपाउने भन्दै सरकार पक्षले दवाव र त्रास देखाएर एउटा जिम्मेवार अधिकृतको कुकार्यलाई लुकाउन र आरोपीलाई सुरक्षा दिन खोजेको स्थानीयको भनाई छ ।
स्थानीयहरूको भिड, आक्रोस साम्य भएपछि मङ्गलबार साँझ ८ बजेतिर परिवारलाई बैठक कक्षामा लगेर प्रशासकीय अधिकृतले हातजोडेर माफी माग्र्न लगाएर अपराधीलाई बचाउमा स्थानीय सरकार लागि परेका भन्दै युवाहरूको सामूहिक आक्रोसले गाउँपालिका कोलहल बनेको थियो । छलफलमा पिडितका पक्षमा उभिएका सर्वसाधारणलाई फोटो भिडियो खिच्न प्रतिबन्ध समेतको अध्यक्षले सुरक्षाकर्मीलाई आदेश दिएका थिए।