मेची पर्यटन महोत्सव २०७५को हिसाव सर्वजनिक

इलाम, १० जेठः इलाम पर्यटन प्रर्वधन सरोकार समितिले गत पुष ५ गतेदेखि १६ गते सम्म संचालन गरेको मेची क्षेत्र स्तरीय पर्यटन महोत्सवको आय व्यय सार्वजनिक गरेको छ ।
 शुक्रबार साँझ समितिले एक कार्यक्रमको आयोजना गर्दै रु. १६,७१,४५०।० आम्दानी भएको र रु. १३,१४,०९७ खर्च भई करिब ३ लाख ५७ हजार रुपैंयाँ बचत भएको समितिकी कोषाध्यक्ष दिव्या भट्टराईले जानकारी दिईन । कार्यक्रम समितिका अध्यक्ष विजय राईको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ इलामका सहसचिव राजेश पराजुलीको आतिथ्यतामा भएको थियो । 
उक्त महोत्सवमा करिब ४२८ जना स्थानीय र २६ राष्ट्रिय स्तरका कलाकारहरुले सांगितिक प्रस्तुत दिएको समितिका सदस्य देवेन्द्र शंकरले बताए । स्मरण रहोस यस पटकको मेची पर्यटन महोत्सवको आयोजना ताप्लेजुङमा हुदैछ । पहिलो पटक महोत्सव गर्ने इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिको स्थापना वि.सं.२०७२ भदौ ४ गते भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता