इलामको अमेरिकन कर्नरमा अंग्रेजी शब्द उच्चारण तथा हिज्जे प्रतियोगिता सम्पन्न

इलाम, ७ जेठः इलाम उद्योग वाणिज्य संघ इलाममा रहेको अमेरिकन कर्नर इलामले यूवा विद्यार्थीहरुको अंग्रेजी शब्द उच्चारण तथा शब्द क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले आज अमेरिकन कर्नरमा इलाममा पहिलो चरणको स्पेलिङ बि प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमा इलाम नगरपालिका भित्ररहेको  विभिन्न बिद्यालय तथा क्याम्पसका २५ जना बिद्यार्थीहरुको  सहभागीता रहेका थियो । 
कार्यक्रमा सहभागिहरुलाई अंग्रेजी शब्द उच्चारण र हिज्जे गर्न प्रोत्साहित गरिएको थियो । जसमा  २५ जान सहभागी मध्ये शब्दको सहि हिज्जे र समयको आधारमा उत्कृष्ठ ३ बिद्यार्थीहरु छनौट गरिएको छ । छनौट भएको बिद्यार्थीहरु क्रमस ःअशेस राई (मन्टेश्वरी स्कुल इलाम) प्रथम, जोसलिना खड्का (जुबिलेन्ट इलाइट)द्वितिय, सुधा गजुरेल(मरब क्याम्पस, हटिकल्चर बिभाग)तृतिय भएका छन् । 
यी तिन प्रतियोगी आगामी जेष्ठ १६ गते अमेरिकन राजदुताबास काठमाण्डौले संञ्चालन गर्ने देश स्तरीय स्पेलिङ बि मा नेपालभर रहेका अमेरिकन कर्नरहरुका सम्पन्न भइसकेको यस्तै प्रतियोगिताका उत्कृष्ठ प्रतियोगिहरुसंग भिडियो कन्फ्रेन्स मार्फत प्रतिस्पर्धा गर्नेछन् । कर्नरका कार्यक्रम संयोजक हेम प्रसाद पौडेलल संचालग गरेका कार्यत्रमा, संघका अध्यक्ष इश्वर चिपालु, धर्म गौतमा, दिपा कार्की, सगर अधिकारी, सम्बन्धीत विद्यालयका शिक्षकलगायतको उपस्थीती रहेको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता