श्री कृष्ण प्रणामी सेवा समिति जितपुरको गठन, अध्यक्षमा दबाडी

जीतपुर, १७ जेठः श्री कृष्ण प्रणामी सेवा समिति नेपाल अन्तर्गतको शाखा समिति श्री कृष्ण प्रणामी सेवा समिती जितपुरको समिती गठन भएको छ। लोक नाथ दवाडीको अध्यक्षतामा गठित समितीको उपाध्यक्षमा मेघ ब. लिम्बू, सचिबमा बिमल अधिकारी, सह सचिवमा यमुना पौडेल, कोषाध्यक्षमा जिबन कुमारी रेग्मी रहेका छन । त्यस्तै समितीका सदस्यहरुमा क्रमशः इन्द्र ब लिम्बू, तारा बराल, लक्ष्मिकान्त आचार्य , शोभा बराल, शेखरीनाथ आचार्य लगायत रहेका छन।  चन्द्र प्रसाद उप्रेतीको उपस्थितिमा नबगठित समिती लाई औपचारिकता प्रदान गरिएको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता