
इलाम, २२ जेठः जारी विश्वकपको बुधबार भएको खेलमा न्युजिल्याण्ड विजयी भएको छ । न्यजिल्याण्डको यो लगातार दोस्रो जितह हो । बंगलादेशलाई २ विकेटले हराउँदै अंक तालिकाको टपमा पुगेको हो ।
टस जितेर पहिले वलिङ गरेको न्युजिल्याण्डले ४९.२ ओभरमा २४४ रनमा बंगलादेशलाई अलआउट गरेको हो । बंगलादेशले दिएको २४५ रनको लक्ष्य ८ विकेटको क्षतिमा ४७.१ ओभरमा पुरा गरेको हो । न्युजिल्याण्डका लागि रोस रेलरले सर्वाधिक ८२ रन बनाए । कप्तान विलिम्सनले ४० रन बनाएका थिए ।
पहिले व्याटिङ गर्दौ बंगलादेशको लागि शकिव अल असनले अर्धशतकिय पारी खेल्दै ६४ रन बनाएका थिए अन्य कुनै पनि व्याट्समेनले अर्धसतक लगाउन नसक्दा वंगलादेश २४४ रनमा अलआउट भएको थियो । न्युजिल्याण्डका वलर माट हेनरीले ४ विकेट निकालेका थिए