विश्वकप क्रिकेटः रोहितको सतकमा भारतको विजयी शुरुवात, दक्षिण अफ्रिकाको तेस्रो हार

  • विनय तिम्सीना

इलाम, २२ जेठः जारी विश्वकपको बुधबार भएको खेलमा भारत विजयी भएको छ । जीतकालागि भारतिय ओपनर व्याट्समेनले सतकीय पारी खेले उनले मुस्किल पिचमा १२२ रनको पारी खेले १४४ बलको सामान गरेका रोहितले २ छक्का र १३ चौका प्राहार गरे । दक्षिण अफ्रिकाले भारत सामु २२८ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा ४७.३ ओभरमा पुरा गरेको हो । 
भारतको लागि रोहित शर्माले १२२ रन महेन्द्रसिंह धोनीले ३४ रन, केएल राहुलले २६, बिराट कोहलीले १८, शिखर धवनले ८ र हार्दिक पाण्ड्याले नटआउट १५ रनको योगदान गरेका थिए । दक्षिण अफ्रिकाको लागि कागिसो रबडाले २ विकेट निकाले भने क्रिस मोरिस र फेहलुकवाओले समान १÷१ विकेट लिए ।  
टस जितेर यस अघि खराव शुरुवात गरेको दक्षिण अफ्रिकाको पहिलो विकेट  तेस्रो ओभरको बुमराहाको दोस्रो  वलमा ६ रन बनाउँदै हासीम अमला रोहितको हातमा क्याच आउट भए । ५.५ ओभरमा अर्का ओपन डि कक १७ बलमा १० रन बानाउँदै बुमराहाकै बलमा कोहलीको हातमा क्याच भए । त्यस पछि कप्तान फाफ् डुप्लेसिस र रसिइ भान डेर डुसेनको विच केही साझेदारी त भयो तर १९औँ ओभरको चाहलको पहिलो बलमा रसिइ भान डेर डुसेन २२ रन बाउँदै आउट भए त्यस लग्तै सोही ओभरको अन्तीम वलमा ३८ को व्याक्तिगत स्कोरमा चहालको बलमा  फफ् पनि आउट भए त्यो वेला टीमको स्कोर ८० रन थियो । २२ औँ ओभरमा जेपी डुमिनी पनि ३ रनको स्कोरमा कुलदिप यादवको बलमा एल्वीडव्लु आउट भए । दक्षिण अफ्रिकाको ८९ रनको स्कोरमा आधाटीम पवेलियन गईसकेका थिए त्यस पछि भने केही समालिदै मिलर ३१ रनको स्कोरमा चहालको बलमा वोल्ड भए । एन्डिल फेहलुकवाओ पनि ३४ रन बनाउँदै चहालको बलमा स्टाम्प आउट भए । ४९ ओभरको दोस्रवलमा क्रिस मोरिस पनि ४२ रनको स्कोरमा  भुवनेश्वर कुमारको वलमा कप्तान कोहलीको हातमा क्याच भए । इमरान तहिर पनि अन्तीम बलमा खातै नखोली कुमारको बलमा आउट भए । कँगिसो रवडाले नटआउट ३१ रन बनाए । साउथ अफ्रिकाका कुनै पनि व्याट्मेनले अर्धसतक बनाउन सकेनन् । 
भारतका लागि वलिङ गर्दै युज्वेन्द्र चहालले ४ विकेट निकोले जस्प्रित बुमराहा र भुवनेश्वर कुमारले समान २÷२ विकेट निकाले कुलदिप यादवले १ विकेट निकालेका थिए । भारतको यो पहिलो खेलहो र पहिलो जित पनि पहिलो जित खोजिरहेको दक्षिण अफ्रिकाको भने यो तेस्रो खेल हो र तेस्रोहार पनि हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता