पर्यटक पथ प्रदशक तालिम शुरु

इलाम, २२ जेठः भरोसा नेपाल, इलामको आयोजना र इलाम नगरपालिकाको सहयोगमा आज देखि ३ दिवसीय ूपर्यटक पथ प्रदसक तालिमस्२०७६ू सुरु भएको छ । भरोसाका अध्यक्ष विक्रम लिम्बुको अध्यक्षता, इलाम नगर प्रमुख महेश वस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघ अध्यक्ष इस्वर चिपालु, जिल्ला युवा समिती अध्यक्ष नवराज शंकर, नगर युवा समिती सचिव रंजिता जिमि, इलाम क्विन अध्यक्ष प्रसान्त गिरिको आतिथ्यता रहेको थियो भने उपाध्यक्ष कमल दुलालले स्वागत मन्तब्य गरेका थिए पने कार्यक्रम संयोजक प्रकाश परियारले कार्यक्रम संचालन गर्नुभएको थियो । 
कार्यक्रममा पर्यटनको परिचय, महत्व, अवसर, इलाममा रहेका पर्यटकिय क्षेत्रहरुको जानकारी, पथ प्रदसक सम्बन्धि ज्ञान, पर्यटन र विकास विचको अन्तर सम्बन्ध साथै ब्यत्तित्व र बेतृत्व, पथ प्रदसक सम्बन्धि सम्बन्धि ब्यवहारिक ज्ञान विषयमा सहजीकरण गरिनेछ । तालिममा युद्दप्रसाद बैद्य, सन्जिव पौडेल, नवराज शंकर, कुमार श्रेष्ठ, प्रसान्त गिरिले सहजीकरण गर्नु हुनेछ । तालिममा इलामका सबै स्थानीय तहका पर्यटन ब्यसायी, इलाम नगरका १२ वटै वडाका पर्यटनका सरोकारवाला, होटल(गाडि(होमस्टे ब्यवसायी लगाएत ६१ जनाको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता