घट्याे पेट्रोलको मूल्य

काठमाडाैँ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइने नेपाल आयल निगमले बताएको छ ।
निगमका अनुसार घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम छ ।
डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता