नाकाबन्दि तोड्दै इलाम रोङका जनप्रतिनिधि

  •  गोबिन्द पौडेल 

रोङ जेठ २१: बर्षादको बेलामा खोलाले सडक अबरुद्ध हुदा नाका बन्दी हुने गाउँमा स्थानीय निर्वाचनपछि सहजताको अनुभूति गर्न थालेका छन् । 
झापाको उत्तरी भागसग जोडीएको इलामको चुरे क्षेत्रमा पर्नेशान्तिपुर बासीहरुको लागि बर्षादको समयमा खोलाहरु बढेर गाउनै नाकाबन्दि जस्तो हुने भएपनि अहिले सो खोलाहरुमा पुल बनेर बाटोहरुको समेत स्तर उन्नती भएपछि आफ्नै बिकट गाउलाइ सुगम मान्न थालेका हुन् । 
रोङको शान्तिपुर  भएर बग्ने खोलाहरु जसले बर्षदमा गाउलाइ नै नाकाबन्दि  गने गरेको थिो ती खोलाहरुमा बनेका पुलहरुले गाउलाइ सुगम बनाएको छ ।रोङ २ को दुधे भएर झापा जोड्ने सडक खण्डमा रहेको दुधे खोलामा ३६ मिटर लामो पुल बनेपछि गाउबासलाइ सहज भएको स्थानिय मिगमा तामाङ्गले बताए ।उत्त पुल सृजना सामुदायिक बन समिति र वडा नं २ को सहकार्यमा २ लाख २० हजारमा निमार्ण भएको हो । यसैगरि रोङ १ र २ हुदै झापाको बुधबारे जाने सडका पर्ने भटारे खोलामा ३८ खाखको लागतमा पुल बनेपछि नागरिकहरुलाइ सहज भएकोशाीनतपुरका अगुवा महिला रम्भादेबी कोइरालाले बताइन् यसैगरिइलामको तिनघरे, शान्तिपुर बरफल्याङ्ग जोट्ने सडमा पर्ने सानो नेते खोलामा प्रदेश सरकारको २० लाख,रोङ गाउपालिकाको १० लाख र अर्जुनधारा नगरपालिकाको ३० लाख गरि ६० लाखको लागतमा बन्दै गरेको ७२ फुट लामो र१८ फुट चौडाइको पुल यहि महिना भित्र सकिने भएकोले शान्तिपुरको नजजीवनमा सहजता हुने वडा नं २ का वडाध्यक्ष टेक बहादुर तामाङ्गको अपेक्षा रहेको छ ।यी तिनटा बाहेक आफुले प्रतिबद्धता गरेको र नागरिकहरुको लागि आवश्यक गोयाङ्गेलाको धर्मदले, झापा इलामको सिमाना दुधे बदमटार टुङ्ने जोड्ने गोयाङ्ग टाङ्गटिङ्गमा पुल बनाउन लागि पर्ने वडाध्यक्ष तामाङ्गको भनाइ रहेको छ । 
यसैगरि नजविन सहज बनाउन तिनघरे शान्तिपुर बरफल्याङ्ग सडकको बिस्तार सगै ग्राभल गरिदा नागरिकहरुले धेरै सहजता महसुस गरेका छन् । रेङ गाउपालिकाको सहयोगमा ३५ लाखको लागतमा यो सडकमा ग्राभल गरिएको हो । सुयोद न गरपालिकाको तिनघरेबाट रोङ १ र २ हुदै झापाको खुदुनाबारी जोडिने २८ किलोमिटरको सो सडक बिस्तार र बिकास हुदा रोङ र सुयोदयको मात्रै हैन इलामकै बिकासमा ठूलो योगदान हुने भएकोले आफुले केन्द्र र प्रदेश सरकारसग सडक बिकासको योजना लिएर गएको वटा अध्यक्ष तामाङ्ग बताउछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता