विश्वकप क्रिकेटः भारत सामु दक्षिण अफ्रिकाको २२८ रनको लक्ष्य

इलाम, २२ जेठः जारी विश्वकपको आठौँ खेला आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा भईरहेको छ  । टस जीतेर पहिले व्याटीङ गरेको दक्षिण अफ्रिकाको शुरुवा राम्रो रहेन । दक्षिण अफ्रिकाले भारत सामु २२८ रनको लक्ष्य राखेको  छ । दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा २२७ रन बनाएको हो । खराव शुरुवात गरेको दक्षिण अफ्रिकाको पहिलो विकेट  तेस्रो ओभरको बुमराहाको दोस्रो  वलमा ६ रन बनाउँदै हासीम अमला रोहितको हातमा क्याच आउट भए । ५.५ ओभरमा अर्का ओपन डि कक १७ बलमा १० रन बानाउँदै बुमराहाकै बलमा कोहलीको हातमा क्याच भए । त्यस पछि कप्तान फाफ् डुप्लेसिस र रसिइ भान डेर डुसेनको विच केही साझेदारी त भयो तर १९औँ ओभरको चाहलको पहिलो बलमा रसिइ भान डेर डुसेन २२ रन बाउँदै आउट भए त्यस लग्तै सोही ओभरको अन्तीम वलमा ३८ को व्याक्तिगत स्कोरमा चहालको बलमा  फफ् पनि आउट भए त्यो वेला टीमको स्कोर ८० रन थियो । २२ औँ ओभरमा जेपी डुमिनी पनि ३ रनको स्कोरमा कुलदिप यादवको बलमा एल्वीडव्लु आउट भए । दक्षिण अफ्रिकाको ८९ रनको स्कोरमा आधाटीम पवेलियन गईसकेका थिए त्यस पछि भने केही समालिदै मिलर ३१ रनको स्कोरमा चहालको बलमा वोल्ड भए । एन्डिल फेहलुकवाओपनि ३४ रन बनाउँदै चहालको बलमा स्टाम्प आउट भए । ४९ ओभरको दोस्रवलमा क्रिस मोरिस पनि ४२ रनको स्कोरमा  भुवनेश्वर कुमारको वलमा कप्तान कोहलीको हातमा क्याच भए । इमरान तहिर पनि अन्तीम बलमा खातै नखोली कुमारको बलमा आउट भए । कँगिसो रवडाले नटआउट ३१ रन बनाए । साउथ अफ्रिकाका कुनै पनि व्याट्मेनले अर्धसतक बनाउन सकेनन् । 
भारतका लागि वलिङ गर्दै युज्वेन्द्र चहालले ४ विकेट निकोले जस्प्रित बुमराहा र भुवनेश्वर कुमारले समान २÷२ विकेट निकाले कुलदिप यादवले १ विकेट निकालेका थिए । 
२२८  रनको लक्ष्य पछ्याउन भारतलाई मुस्किल नहुने अनुमान लागउन सकिन छ । भारतका रोहित शर्मा, शिखर  धमन, विराट कोहलीले जिम्मेवारी पूर्वक व्याटीङ गरेमा भारतले सहजै लक्ष्य भेटाउने छ । तर पनि दक्षिण अफ्रिका सामु अनुभवी स्पीनर इमरान ताहिर, विश्व स्तरीय तिव्र गतिका वलर कँगिसो रबडा छन् । शुरुमै विकेट निकालेर जितको खोजी गर्ने अवसर पनि अझै दक्षिण अफ्रिकासँग कायमै छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता