झापामा निजी जग्गा हडप्ने प्रयास

बिर्तामोड, २२ जेठः निजी जग्गामा बाटो कायम गर्न नदिएपछि झापाको अर्जुनधारा– ९का खड्ग सापकोटाले आक्रमणको प्रयास गरेको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । कित्ता नम्बर ३२९२ को जमिनबाट स्थानीय अम्बर बहादुर कार्कीले बाटो बनाएपछि बिवाद उत्पन्न भएको थियो ।  जमिन सापकोटाका श्रीमति रमाको नाममा छ । 
विवादपछि दुवै पक्ष अदालत गएका थिए । अदालतबाट नक्सामा बाटो नदेखिने भन्दै सापकोटाको पक्षमा फैसला भएको थियो । अदालतको फैसला बमोजिम सापकोटाले बाटो अवरोध गरेका थिए । ‘मेरो निजी जमिनबाट जवरजस्ती बाटो निकालिएछ, सापकोटाले भने, ‘म वैदेशिक रोजगारमा गएका बेला जालसाँझ गरि नक्सा तयार गरिएको रहेछ, नेपाल आएपछि अदालतमा मुद्दा दर्ता गरेको थिए, अदातलले बाटो नरहेको भन्दै फैसला ग¥यो ।’ 
सापकोटाले बाटोका नाममा आफ्नो जग्गा कार्कीले हडप्ने प्रयास गरेको आरोप लगाएका छन् । सापकोटाले आफ्नो नीजि जमिनलाई सार्वजनिक बाटोको रुपमा जबरजस्ती प्रयोग गर्न खोजिएको भन्दै न्यायको माग गरेका छन् । २०६३ सालमा सापकोटाले श्रीमति रमा सापकोटाको नाममा खरिद गरेको ३ कठ्ठा जमिनमा कार्कीले शक्तिको प्रयोग गरेर बाटो खनाउने भन्दै जग्गा बचाइदिन गुहार गरेका छन् । उनले कार्कीलाई हिड्न दिएको सानो गोरेटो बाटोलाई किर्ते गरेर १७ फुटको दर्ता गरेको आरोप लगाए । 
सापकोटाका अनुसार केही समयअघि कार्कीले सोही बाटोबाट आवतजावत रोकेका थिए । त्यसबेला नीजि जमिन भन्दै कार्कीले बाटो अवरोध सापकोटाले बताए  । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा कार्कीले आफुलाई झुक्याएर कागजमा ल्याप्चे लगाउन लगाएको रमाले सुनाइन् । सापकोटाले कतैबाट न्याय नपाएपछि पत्रकार गुहारेको जानकारी दिइन् ।
अर्जुनधारा नगरपालिकामा उपमेयर, वडाध्यक्ष, गाँउका भद्रभलाद्मी समेत बसेर कार्कीको माग जायज नभएको र सापकाटोको नाममा रहेको नम्बरी माटोमा बाटो खोज्नुलाई गलत भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सो जमिनमा बाटो नदेखिएको अर्जुनधारा नगरपालिकाले जिल्ला प्रशासन कार्यलय झापालाई पत्रचार गरेको छ । कार्कीले भने सापकोटा र स्थानीय बस्नेत परिवारले आफुलाई बाटो अवरोध गरेको बताए । उनले समाजले अत्यावश्यक सडक बन्द गरेकाले हिडडुल गर्न समस्या भएको गुनासो गरे । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता