छैठौं समाजसेवी काले दमाई स्मृति पुरस्कार धनकुटाका भद्रमानलाई

इलाम, २२ जेठः इलामबाट प्रदान गरिदै आएको समाजसेवी काले दमाई स्मृति पुरस्कार धनकुटाका भद्रमान घते (दमाई) ले प्राप्त गरेका छन् ।
हरेक बर्ष जेष्ठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा समाजसेवी काले दमाई स्मृति प्रतिष्ठानले ११ हजार एक सय ११ रुपैयाँ राशीको प्रदेश नं. १ स्तरको पुरस्कार भद्रमान घले (दमाई) लाई प्रदान गरेको हो ।
यसअघि पुरस्कार पाउने व्यक्तित्वहरु कालेदमाई स्मृति पुरस्कारबाट  स्व. पुर्ण तिखत्री, इलाम, छत्र बराईली, इलाम, राम दियाली, इलाम, चौथो  रोहित हिङ्माङ, पाँचथर, देवेन्द्रकुमार विश्वकर्मा इलामले पाई सककेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता