
इलाम, २२ जेठः इलामा आज गते विश्व वातावरण दिवशको अवशरमा र्याली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका इलाम, हरित शान्ति अभियान इलामको आयोजना तथा समुदाय–प्रहरी जिल्ला समन्वय समिति इलामको सहकार्यमा इलाम नगपालिका ७ स्थित ठुडिखेलबाट इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, बिभिन्न संघ सस्थाका पदाधिकारीहरु ,बिद्यार्थिरशिक्षक लगायत स्थानिय मानिसहरुको उपस्थितिमा समुदाय–प्रहरी साझेदारीको शन्देश मुलक ब्यानर तथा प्ले–कार्ड सहित इलाम बजार परीक्रमा गरी इलाम नगरपालिका–८ स्थित हरित शान्ति अभियानमा बिभिन्न कार्यक्रमहरु गरी कार्यक्रम समापन गरीएको छ । साथै सोही अवशरमा हरित शान्ति अभियान संस्थाको आसपास क्षेत्रहरुमा बृक्षारोपण समेत गरीएको छ ।

