- महेश सिंह महतो

सिरहा ,२२ जेठः सिरहाको लहान नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् । गत बैशाख देखि शुरु गरेको सो अभियान अहिले लहान नगरपालिकाको पेरागन , लिटिल स्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ मा.वि., बस्तीपुर मा.वि. र शारदा मा.वि. लगायतका विद्यालयहरुको छात्र छात्रालाई बिपत जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको सिरहाको लहान बेस क्याम्पका डिएसपि प्रेम रावलले बताए ।
यो अभियान कार्यक्रम सिरहा जिल्लामा रहेका प्रतेक स्कुलहरुमा दिने गरेको स्थानीय र शिक्षकहरुको बुझाइ रहेको हो ।