विश्वकप क्रिकेटः भारत विरुद्धको इतिहास वदल्ला त पाकिस्तानले ?

इलाम, १ असारः जारी विश्वकपको आजको खेलमा चिरपरिचत प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दैछन् । उपाधिको दाबेदार मानिएको भारतले जारी सिजनमा ३ खेल खेलेको छ जस मध्ये २ खेलमा जीत हात पारेको छ भने एक खेल वर्षाका कारण रद्ध भएको छ । पाकिस्तानले भने आफ्ना ४ खेलमा १ खेलमा जीत, २ खेलमा हार र एक खेल वर्षाका कारण रद्ध भएको छ । 
यी दुई टीमको विश्वकपमा ६ पटक भेट भएको छ भने ६ पटकै भारतले बाजी मारेको छ । पाकिस्तानलाई पुराना खेलको रेकर्ड भूलेर नयाँ रेकर्ड बनाउने दवाव छ भने भारतलाई इतिहास बचाइराख्ने दवाव रहेको छ ।
यी दुई टीमको पछिल्ला ५ खेल हेर्ने हो भने ४ खेलमा भारत विजयी भएको छ एक खेलमा मात्र पाकिस्तन विजयी भएको छ । 
जारी विश्वकपमा भारतलाई प्रमुख दावेदार मानिएको छ र भारतको दुई खेलको नतिजा हेर्ने हो भने पनिभारत राम्रो लयमा देखिएको छ । पाकिस्तानले अष्ट्रेलिय सँगको खेलको शुरुमा राम्रो प्रदर्शण गरे पनि मिडल अडरका व्याट्समेन नचल्दा नराम्रो हार वेहोर्नु परेको छ । 
भारतको लागि अहिले शिखर धवनको चोटले टाउको दुखाई भई रहेको छ । ओपनर घाइते भए पछि चैथो नम्वरका व्याट्समेन केएल राहुल रोहितको साथमा ओपनिङमा आउने छन् । भारतको पुरानो रोग चौथो नम्बरको समस्या फेरी देखा पर्ने छ । चौथो नम्वरको लागि बिजय शंकर र दिनेश कार्तिकमा एक जानामा एक जाना आउने सम्भवना छ भारतिय विश्लेशकहरु कार्तिकलाई खेलाए राम्रो हुने भन्नछन् तर टीम मेनेज्मेन्ट भने कन्डिसन हेरेर बिजय शंकरलाई खेलाउने दाउमा छ उता रविन्द्र जडेजालाई पनि स्पीन पिच भए कुलदिपको ठाउँमा उतर्न सक्छ । 
भारतको लागि र्फममा रहेका ओपनर रोहित शर्मा र केएल राहुले ओपनीङ गर्ने छन् । तेस्रो नम्वरमा विश्वका नम्बर वन व्याट्समेन कप्तान कोहोली हुने छन् भने चौथो नम्बरमा भने बिजय शंकर र दिनेश कार्तिकमा एक जना खेलाउने छ । केदार जाधव र महेन्द्र सिंह धोनी खेलको अवस्थ हेरेर नम्बर वदलेर खेल्न सक्छन् आजको खेलमा कुलदिपको ठाउँमा जडेजा उतार्न सक्छ भने युज्बेन्द्र चहाले स्पीन वलिङ समाल्ने छन् । भूवनेश्वर कुमार र जस्प्रित बुमराहाले तिव्र गतीको वलिङ समाल्ने छन् । भारतको लागि  पाकिस्तानका वलरहरु मोहम्द आमिर र वाहव रियाज खतरा हुन सक्छन् । साहिन शा अफ्रिदी र महोम्वद हफिजले पनि राम्रो वलिङ गरिरहेकाछन् ।
पाकिस्तानको टीममा इमाम उल हक र फखर जमानले ओपनिङ गर्दा तेस्रो स्थानमा बाबर आजम हुने छन् । मिडल अडरमा मोहम्मद अफिज, सोहेब मल्लीक हरिस सोहेल जस्ता व्याट्समेनहरु रहेकाछन् । 
पाककिस्तानको वलिङ युनिटमा महोम्मद आमिर, वाहव रियाज, साहिन शा अफ्रिदी, महोम्मद अफिज आदि रहने छन् । पाकिस्तानको लागि भारतिय व्याट्समेनहरु रोहीत शर्मा, विराट कोहली र धोनी ठूलो टाउको दुखाई हुन सक्छन् भने चहाल, भुवनेश्वर कुमार र जस्प्रित बुमराहा खतरा हुन सक्छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता