हट्याे म्यानपावरले ‘एजेन्ट’ राख्ने व्यवस्था, कुनै काराेबार गर्न नपाउने

काठमाडौं । बिचाैलिया (एजेन्ट) राखेर काराेबार गर्दै आएका म्यानपावर कम्पनीहरुलाई नयाँ खबर छ । वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कामका लागि अब म्यानपावर कम्पनीले कुनै पनि एजेन्ट खडा गर्न नपाउने भएका छन् ।
वैदेशिक राेजगार एेन २०६४ काे दफा ७४ काे उपदफा २ मा गरिएकाे संशाेधनसँगै याे एजेन्ट राख्न पाउने विगत व्यवस्था खारेज भएकाे वैदेशिक राेजगार विभागले जनाएकाे छ ।
अब म्यानपावर कम्पनीहरुले आफ्ना कर्मचारीबाहेक तेस्रो पक्ष (एजेन्ट) मार्फत कुनै काराेबार गर्न वा सेवाग्राहीकाे पासपोर्ट बोक्ने, राख्ने, कागजान मिलाइदिने काम गर्न नपाउने भएका हुन् ।
यदि कसैले कानुन अटेर गरी म्यानपावरका कर्मचारीबाहेकका लागि उक्त काममा लगाएकाे पाइएमा कडा कारबाही हुने समेत विभागले जनाएकाे छ । यसरी एजेन्टकाे रुपमा काम गरेकाे भेटिएमा एजेन्टलाइ सीधै पक्राउ गर्न सकिने विभागका अधिकारीहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता