यार्सागुम्बा सङ्कलक गर्न गएका ९ कक्षामा पढ्ने किशोरको मृत्यु, १५ दिनमा मृतकको संख्या ९ पुग्यो

जाजरकोट । डोल्पाको पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गएका एक जनाको मृत्यु भएको छ । योसँगै १५ दिनमा ९ यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेत रहेका छन् । उनको आज लेक लागेर मृत्ययु भएको हो । मृतक बस्नेत डोल्पाको टाक्सी पाटनमा बिरामी परेका 
थिए ।
धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा उनले बाटैमा ज्यान गुमाएका हुन् । मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए । डोल्पाका विभिन्न पाटनमा यार्सा संकलन गर्न गएका ८ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता