दिनमा १२-१५ घण्टा काम गरेर आफ्नै पेट पाल्न पनि सक्दैनाैं, हामी 'काट्टे पूँजीवाद'मा छाैँ : बाबुराम

काठमाडाैं । समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई अहिलेकाे बजेटमा नेपालीहरू सन्तुष्ट हुने अवस्था नभएकाे बताउनुभएकाे छ । शुक्रबार संसद्को शून्य समयमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिपक्ष र सत्तापक्षको आँखाबाट नहेरीकन नेपालीको आँखा हेर्दा अहिलेकाे बजेट सन्तुष्ट हुने अवस्था नभएकाे बताउनुभएकाे हाे ।
पूर्वप्रधानमन्त्री समेत रहुनु भएकाे डा भट्टराईले संसदमा बाेल्दै भन्नुभयाे- ‘यो बजेट प्रतिपक्ष या सत्तापक्षको आँखाले नहेरी नेपालीको आँखाले, गरिब निमुखा र बेरोजगागरबाट पिल्सीएर लाखौँ लाख विदेश जान बाध्य भएका हाम्रा युवाहरूको आँखाबाट हेयौँ भने हामीले यसमा सन्तुष्ट भएर बस्न मिल्दैन ।’
उहाँले भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन नसकिने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे-‘चीन हाम्रो नजिक रहे पनि हिमाली भागहरु परेकाले समदुरीमा हामी जान सक्दैनौं। चीनतिरको ३/४ दशक भारतको तुलनामा चीनसँग लाभ लिन सक्दैनौं। भारतसँग नै हाम्रो अर्थतन्त्र आश्रित छ।’
अहिलेकाे बजेट भन्दा राम्राे बजेट ल्याउने प्रयत्न गर्नुपर्ने पनि डा भट्टराई बताउनुभयाे । अहिलेकाे बजेट कम्जाेर हुनुकाे मुख्य कारण वैचारिक अस्पष्टता भएकाे उहाँकाे ठहर छ । उहाँले भन्नभयाे- ‘विचार भनेको दिशामूलक यन्त्र हो, कम्पास हो, बजेटशात्रको एउटा विचार हुन्छ, नियम हुन्छ सिद्धान्त हुन्छ, त्यसमा पश्चात्ताप भएका हामीले सही बाटाे राेज्न सक्दैनाैं ।’
आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि धारणा राख्दै बजेट वार्षिक आयव्यय मात्र नभएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दुई तिहाइको सरकारले ल्याएको बजेट हिजोको निरन्तरतासँग दाँजेर हुँदैन। अर्थतन्त्रलाई वायुपङ्खी घोडाको स्तरमा गुडाउनुपर्ने समय हो। महान् छलाङ र क्रमभंगता गर्नुपर्ने अहिलेको आवश्यकता हो।’
‘सन् २०२२ सम्म अल्पविकसतिबाट विकासोन्मुख राष्ट्रमा पुग्ने, सन् २०३० सम्म मध्यम स्तरमा पुग्ने र सन् सन् २०४० सम्म विकसित देशमा पुग्ने हाम्रो साझा लक्ष्य हो,’ उनले प्रश्न गरे, ‘त्यस अवस्थामा पुग्नका लागि हाल प्रस्तुत गरेको बजेटले कहाँनेर सहयोग पुर्‍याँउछ? बजेट गत वर्षभन्दा पनि पछि फर्केर आयो।’
अहिलाे हामीले समाजवाद भनेकाे नबुझेकाे पनि अध्यक्ष भट्टराईले बताउनुभयाे । उहाँले भन्नुभयाे- ‘सबैले समाजवाद भनेको जे छ त्यसैलाई बराबर बाँड्न हो भन्ने बुझेकाले अहिले अर्थमन्त्रीलाई पनि दबाब पर्‍यो ।’ पहिले उत्पादन बढाउने र उत्पादन बढाएपछि मात्रै बजेट वितरण गर्ने पनि बताउनुभयाे ।
उहाँले जति बढी आयात गर्न सक्यो, कर उति धेरै बढ्ने र कर्मचारीहरूलाई खुसी बनाउने मात्रै भएकाे पनि बताउनुभयाे । ‘करको दायरामा भन्सार कर र भ्याट मुख्य आधार रहेको छ। जति बढी आयात गर्न सक्यो, कर उति धेरै बढ्ने भयो।’
उहाँले हामी सबै गरिबीकाे रेखामूनि भएकाे पनि बताउनुभयाे । ‘हाम्रो प्रतिव्यक्ति आया एक हजार डलर मात्रै छ, पर्याप्त मात्रमा उत्पादन छैन, सबैले बाँड्दा हामीलाई एक हजार डलर पर्ने हो, त्यो भनेको हामी सबै गरिबीको रेखामुनिमा पर्छाैं, त्यसैले यतिबेला हामीले अहिले नै समाजवाद लागु गर्ने होइन ।’ अध्यक्ष भट्टराईले भन्नुभयाे ।
समाजवाद हाम्रो लक्ष र हामी त्यहाँ पुग्नु पर्ने भएपनि अहिले नै समाजवादले न्याया नदिने बताउनुभयाे । उहाँले भन्नुभयाे- समाजवाद हाम्राे लक्ष्य हाे, त्यहाँ त हामी पुग्न पर्छ, किनकि यो पुजिवाद विश्वव्यापी रूपमा आएको छ, तर अहिले यसले हामीलाई न्याय दिन सक्दैनाैं ।
अध्यक्ष भट्टराई अहिले हामी ‘काट्टे पूँजीवाद’मा भएकाेसमेत बताउनुभयाे । उहाँले भन्नुभयाे- ‘हामी 
‘काट्टे पूँजीवाद’मा छाैँ, यो काटे पूँजीवाद भनेको एकदमै पराश्रित हुन्छ, एकदमै उनुत्पादक हुन्छ । यसले बेरोगारी उत्पादन गर्छ, त्यो भन्दा पनि एउटा व्यापारलाई मात्रै प्रथामिकता दिन्छ, खाली राज्य सत्ताको दोहन गरेर आसेपासेहरूलाई मात्रै बुझ्ने गर्छ र यसले न्यायपूर्णको विकास गर्दैन ।’
उहाँले अहिले नै समाजवादमा जान नहुने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे- कम्युनिष्ट देखिनकाे लागि भए पनि हामी समाजवाद बनेका हौँ तर स्पष्ट भन्ने हो भने हामी अहिले नै पूजिवादलाई नागरे समाजवाद जाने होइन ।’
उत्पादनशिल क्षेत्रमा बजेट लगानी गरेर परानिर्भतालाई हटाउनु पर्नेमा अध्यक्ष भट्टराईकाे जाेड छ । ‘अहिलाेकाे आवश्यकता भनेकाे उत्पादनशील क्षेत्र काममा लगानी गर्नेर बेराेजगार हटाउनु हाे’, उहाँले भन्नुभयाे ।
हामीले अहिले १२-१५ घण्टा काम गरेर आफ्नो पेट पाल्न पनि नसको बताउँदै भन्नुभयो- ‘जब हामीले दुई तीन घण्टा काम गरेर हाम्रो आवश्यकता पूरा गर्ने सकिन्छ तब मात्रै हामी समाजवादमा जाने हो ।’
उहाँले उत्पादन बढाउनु नसकेकाे भन्दै भन्नुभयाे-‘उत्पादन बढाउन सकिएको छैन। उत्पादन बढे नै वितरण हुने हो,’ भट्टराईले भन्नुभयाे, ‘वृद्धि, न्यायपूर्ण वितरण, दिगो र खुसीपन लगायतका आयामलाई ख्याल गरी बजेट आउनुपर्ने थियो।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता