मोरङ, मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा घरायसी विवादका क्रममा दाजुले भाइको हत्या गरेका छन्। बुधबार राति भएको घटनामा २८ वर्षीय श्रवणकुमार साहमाथि उनका दाजु राजकुमार साहले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका श्रवणलाई तत्काल विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।
घटनास्थल भारतीय सीमाबाट करिब १०० मिटर दूरीमा रहेको र भाइलाई प्रहार गरेपछि दाजु राजकुमार भारततर्फ फरार भएको दाहालले बताए। प्रहरीका अनुसार मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा भएको खुलेको छ।

0 comments:
Post a Comment