बझाङ जीप दुर्घटना ९ को मृत्यु, घाइते ४ जनाकाे अवस्था गम्भिर, हावाहुरी र पानीका कारण उद्धारमा कठिनाइ

बझाङ । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। भने घाइते ४ जनाकाे अवस्था गम्भिर रहेकाे छ । घाइतेहरूकाे उद्वार भइरहेकाे छ । उद्धारका लागी हुम्लाबाट हेलिकप्टर आउने भनिए पनी खराब मौषम, हावाहुरीले उड्न सकेको छैन ।
हावाहुरी र पानी परिरहेका कारण उद्धारकार्य असहज भएको साहयक प्रहरी निरीक्षक महानन्द जोशीले जानकारी दिए । अहिले घाईतेलाई हेलिकप्टर मार्फत जिल्ला अस्पताल पुर्याइएको छ । उनीहरूकाे उपचार सुरू भएकाे छ ।
जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको १३ जना सवार जीप डौठी भन्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ। तर उनीहरुको सनाखत भने हुन सकेको छैन्। मृत्यु हुनेमा ६ पुरूष, २ महिला र १ बालक रहेका छन् ।

उद्धारका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी घटनास्थलतर्फ गएका थिए । जीप भिरमा अड्किएको अवस्थामा भेटिएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता