लागुऔषध न्यूकिरण सम्बन्धि सचेतना

बिर्तामोड, २ जेठः युथ अर्पच्युनिटी नेपालले बालबालिका लक्षित नेतृत्व विकास तथा लागुऔषध न्युनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । लागुऔषध न्युनिकरणका लागि अभियान सञ्चालन गर्दै आएको संस्थाले सोमबार बिर्तामोडको कोहेड कलेजमा अध्ययनरत् विद्यार्थीमाझ सचेतना कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको सहजिकरण बिर्तामोडका प्रहरी नायव उपरिक्षक मोहनकुमार थापाले गरेका थिए । ‘२०३३ साल अघिसम्म नेपाल लागु औषध प्रयोगकर्ताको स्वर्ग थियो, विश्वका लागुऔषध प्रयोगकर्ता नेपाल आउने गरेका थिए, सहजिकरणको क्रममा थापाले भने, ‘२०३३ सालमा लागुऔषध नियन्त्रण ऐन आएपछि त्यसमा कढाई गर्न थालिएको हो ।’ थापाले लागु औषधका प्रकार र प्रयोग गर्दा हुने बेफाइदाका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए । कार्यक्रममा दुब्र्यसनबिरुद्धको ’नसोचेको जिन्दगी’ नामक नाटक समेत प्रस्तुत गरिएको थियो । 
लागुऔषधका पुर्व दुब्र्यसनी अनमोल घलेले लागु औषध प्रयोगको सुरुवात अवस्था, पारिवरिक समस्या, सामाजिक दृष्टिकोणको वारेमा आफ्ना अनुभव सुनाएका थिए । पुर्नस्थापना केन्द्र बसेर दुब्र्यसन त्यागेका उनले समाजले गर्ने तिरस्कार बाट मुक्ति मिलेको बताए । पाल्देन शेर्पाले स्वागत गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका जिल्ला उपाध्यक्ष ओमकृष्ण बिमली, बिर्तामोड नगर कार्यपालिका सदस्य राजेन्द्रप्रसाद लिङदेन लगायतले दुब्र्यसनबिरुद्ध सामुहिक हातेमालो आजको आवश्यकता भएको बताएका थिए । कार्यक्रम संस्थाकी प्रदेश प्रतिनिधि मनिषा बिमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्वता बिमलीले गरेकी थिइन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता