विश्वकप क्रिकेटः बंगलादेश विरुद्ध रोयको १५३ रन, बंगलदेशलाई विशाल ३८७ रनको लक्ष्य


  • विनय तिम्सीना

इलाम, २५ जेठः विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा वंगलादेश सामु  इंग्ल्याण्डले ३८७ रनको लक्ष्य राखेको छ ।  टसहारेर पहिले व्याटीङ गर्दै इंग्ल्याण्डले ६ विकेटको क्षतिमा ३८६ रनको बनाएको हो । 
इंग्लायाण्डको लागि जसन रोयले सतकिय पारी खेल्दै सर्वाधिक १५३ रन बनाए उनले १२१ बलको सामना गर्दै  ५ छक्का र १४ चौका प्रहार गरे उनी मेहिदी हसनको बलमा क्याच आउट भए । पहिलो विकेटको लागि उनले जोनी बैरस्टो सँग १२८ रनको साझेदारी गरे बैरस्टोले अर्धसतकिय पारी खेल्दै ५१ रन बनाए । रोयले दोस्रो विकेटको लागि जो रुट सँग ७७ रनको साझेदारी गरे रुटले २१ रन बनाएर आउट भएका थिए । रोयले तेस्रो विकेटको लागि ३० रनको साझेदारी गरे उनी टीमको २३५ स्कोर बनाएर ३१.३ ओभरमा आउट भएका थिए । इंग्ल्याण्डको लागि जोस बटलरले ६४ रन, इन मोर्गनले ३५ रन, बेन स्टोक ६ रनमा आउट भए । क्रिस बोक्सले १८ नटआउट रन र लियम प्लुंकेटले २७ नटआउट रन बनाए ।
बंगलादेशको लागि महोम्मद सइफुदिन र मेहिदी हसनले समान २÷२ विकेट निकाले भने मुश्फिक्यर मुर्तुजा र मुस्ताफिजुर रहमानले समान १÷१ विकेट निकाले । बंगलादेशले पहिलो पावर प्लेमा विकेट निकाल्न नस्कनुनै इंग्ल्याण्ले विसाल स्कोर खडा गर्नु हो । 
बंगलादेशको लागि पनि व्याटीङलाईन राम्रो छ तर त्यसको लागि तमिम इकबल,सौम्या सरकार र शकिब अल हसनले भरोसावन पारी खेल्न जरुरी छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता